काठमाडौं । मध्य रातमा हिरासत कक्षमा रहेकी महिलालाई बाहिर लगेर बलात्कार गरेको आरोपमा पक्राउ परेका असईविरुद्ध जाहेरी दर्ता भएको छ ।
पीडित भनिएकी महिलाले इलाका प्रहरी कार्यालय कोहलपुरको मुद्दा शाखामा कार्यरत असई प्रवीण चौलागाईंविरुद्ध जिल्ला प्रहरी कार्यालय नेपालगञ्ज पुगेर जाहेरी दिएकी हुन् ।
शुक्रबार राति २ बजेतिर ‘मुद्दाबारे सोधपुछ गर्नु छ’ भन्दै आफूलाई हिरासतबाट निकालेर चौलागाईं माथिल्लो कोठामा लगेको महिलाले बताएकी छन् । बहुविवाह कसुरमा ११ साउनमा पक्राउ परेकी उनले आफूलाई असई चौलागाईंले बलात्कार गरेको आरोप लगाएकी छन् ।
आरोपित असई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुधन न्यौपानेले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ साउन २०७९, ११ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बलात्कार आरोपमा एक युवक पक्राउ
बालिकालाई बलात्कार गरेको आरोपमा ५५ वर्षका पुरुष पक्राउ
छोरीलाई बलात्कार गरेर भिडिओ बनाउने बुवा पक्राउ
हाेटलमा बाेलाएर बलात्कार गरेको भन्दै प्रहरी जवानविरुद्ध जाहेरी, आत्महत्याको प्रयास गरेकाे दावी
बलात्कार आरोपमा हेटौंडाबाट ७ जना किशोर पकाउ
बलात्कार आरोपमा एकीकृत समाजवादीका नेता पक्राउ