एजेन्सी । मस्कोको एउटा १५ तले भवनमा राति आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ। फायर अलार्मले काम नगरेको अधिकारीहरूले बताएका छन्।
दक्षिणपूर्वी जिल्लाको भवनमा आगलागी भएको आपराधिक कार्यहरूको अनुसन्धान गर्ने निकायले भनेको छ। आगलागीका चार घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ।
भवनको भुइँ तल्लाबाट आगलागी भएको थियो। मध्यरातपछि आगो निभाइएको थियो। आगलागीपछि २०० भन्दाबढी मानिसहरूलाई बाहिर निकालिएको थियो।
भवनको फायर अलार्मले काम नगरेको र भवनका झ्यालका बार धातुले बनेकोले त्यहीभित्र मानिस फसेको आपत्कालीन सेवाका एक अधिकारीले भने।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ साउन २०७९, ०८ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि
नयाँ वर्षे मनाउँदै गर्दा बारमा आगलागी : ४० जनाको मृत्यु, ११५ घाइते
आगलागीबाट दुई जनाको मृत्यु, नौ घाइते
हुम्लाकाे सर्केगाडमा आगलागी, दुई जना घाइते, तीन घरमा क्षति