विराटनगर । तरकारी बोकेको ट्रकमा लुकाएर भारततर्फ लैजादै गरेको १५६ केजी गाँजा प्रहरीले विराटनगर–१५ को दुई नम्बर ढाटदेखि पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय रानीले शुक्रबार राती साढे १० बजे प्र१–०२–००१ख८६७७ नम्बरको मिनी ट्रकलाई चेकजाँच गर्दा छ बोरा गाँजा फेला पारेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार धनकुटाको शहिदभूमि गाँउपालिका–३ छिन्ताङका २९ वर्षीय विवेक राई चालक रहेको ट्रकमा ४६ बोरा बन्दाकोभी लोड गरिएको थियो । गाडीमा बन्दाकोभीका बोरा मुनी छ बोरा गाँजा समेत भारततर्फ तस्करी गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिइएको हो ।
प्रहरीले चेकजाँचपछि गाँजा भेटिएको मिनिट्रक, चालकसहित सम्पूर्ण सामान नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ साउन २०७९, ०८ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३७० किलोग्राम गाँजा बरामद
गाडी र मोटरसाइकलसहित ९२२ किलो गाँजा बरामद
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
गाजामा भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु
१०९ किलो गाँजासहित भारतीय कार प्रहरीको नियन्त्रणमा
दुई सय केजी गाँजा बरामद