काठमाडौं। भक्तपुर र झापामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–२ स्थित निर्माणाधिन घरको रड काट्ने क्रममा मेशिनबाट करेन्ट लागेर रामेछाप घर भएका २६ वर्षीय रोसन बिकको बिहीबार मृत्यु भएको छ ।
करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको कोरियन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । झापाको भद्रपुर नगरपालिका–७ बस्ने ४० वर्षीय भोटलाल गणेश राजवंशीको करेन्ट लागेर बिहीबार मृत्यु भएको छ ।
मेचीनगर नगरपालिका–४ स्थित खोल्सीमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको मेची अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ साउन २०७९, १३ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माछा मार्ने क्रममा करेन्ट लागेर २ जनाको मृत्यु
भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु
करेन्ट लागेर महिलाको मृत्यु
करेन्ट लागेर रौतहटमा एक युवकको मृत्यु
करेन्ट लागेर एक कर्मचारीको मृत्यु
झापामा एक वर्षमा करेन्ट लागेर १५ जनाको मृत्यु