काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेका लागि संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ ।
आजको बैठकमा ‘स्टान्डर्ड नाप र तौल (पाँचौं संशोधन) विधेयक, २०७६’, ‘प्रत्यायन (एक्रिडिटेशन) विधेयक, २०७६’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विशेष सेवा विधेयक, २०७६ दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने बैठकको कार्यसूची रहेको छ ।
आजकै बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक, २०७६ दफावार छलफलका लागि सदनमा प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ साउन २०७९, ०९ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
साउन मसान्तसम्मका लागि तय भयो प्रतिनिधि सभा बैठकको क्यालेन्डर
प्रतिनिधि सभा बैठक १० दिनका लागि स्थगित
संसदमा ठूलो ड्रोन कहाँबाट आएर खस्यो ? भन्दै रामहरि खतिवडाको प्रश्न
एक साताका लागि प्रतिनिधि सभाको बैठक स्थगित
गृहमन्त्रीलाई बर्खास्त गर्न सरकारसँग राप्रपाको माग
प्रतिनिधि सभा बैठक जारी