काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रोल्पाको गंगादेव गाउँपालिकाका प्राविधिक शाखा प्रमुखको रुपमा कार्यरत इन्जिनियर नविन डाँगीविरुद्ध भष्टाचार मुद्दा दायर गरेको छ ।
मोटरबाटो निर्माण योजनामा भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले उनीवरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । दायर गरिएको मुद्दामा उनीसँग ४ लाख ६ हजार ५ सय रुपैयाँ बिगो दाबी गरिएको छ ।
डाँगीले मोटरबाटो निर्माण योजनाको नापी किताब, बिल तयार गरिदिएवापत सेवाग्राहीसँग घुस रकम मागको भन्ने उजुरी परेपछि अख्यिारले उनीमाथि अनुसन्धान सुरु गरेको थियो ।
आयोगको बुटवल र नेपालगन्जबस्थित कार्यालयबाट खटिएको टोलीले डाँगीलाई सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा गत असार २४ गते नियन्त्रणमा लिएको थियो । थप अनुसन्धान हुँदा उनले अरु रकम पनि हिनामिना गरेको पाइएको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ साउन २०७९, १५ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वमहानिर्देशक गौतमलाई भ्रष्टाचार मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश
तत्कालीन कार्यालय प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
वीरगञ्जका मेयर सिंह र तत्कालीन प्रशासकीय अधिकृतसहित सात जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ बुधबार
मालपोत अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशकसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर