काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाको अध्ययन प्रतिवेदन, २०७९ सम्बन्धी समितिको प्रतिवेदन राष्ट्रियसभामा पेस भएको छ। बिहीबार बसेको बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिलकुमारी रावलले उक्त प्रतिवेदन पेस गरेकी हुन्।
बैठकमा उनले सो प्रतिवेदन पेस गर्दै समयमै सहज र सरल रूपमा आवश्यक सामग्री नपाउँदा आयोजना निर्माणको लागत बढिरहेको विषय प्रतिवेदनमा उल्लेख गरिएको जानकारी गराइन्।
नदीजन्य निर्माण सामग्री दस्तुर लिएर मात्र उपलब्ध गराउनुपर्ने प्रतिवेदनमा उल्लेख छ। ठेक्का व्यवस्थापनमा रहेका कमी-कमजोरीका कारण पनि आयोजना निर्माणमा ढिलाइ भएको भन्दै सभापति रावलले बहुवर्षीय ठेक्कामा सहमति लिने, सहजीकरण गर्नुपर्ने र सबैमा इबिडिङ लागू गर्नुपर्नेमा जोड दिइन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ साउन २०७९, १४ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज
राष्ट्रियसभा बैठक: प्रधानमन्त्री कार्कीले आज चलचित्र विधेयक पेस गर्ने
राष्ट्रियसभा बैठक बस्दै : सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव प्रस्तुत गरिने
राष्ट्रियसभा अन्तर्गत दुईवटा समितिको बैठक बस्दै
राष्ट्रियसभा बैठक बस्दै, चलचित्र विधेयक पेस गरिने
राष्ट्रियसभामा १७ सदस्यका लागि सातवटै प्रदेशमा मतदान जारी