काठमाडौं । ललितपुर, सिरहा र संखुवासभामा तीनजना मृत अवस्थामा फेला परेका छन् । ललितपुरको ललितपुर महानगरपालिका–२१ स्थित सुनील महर्जनको गोठमा एकजना मृत अवस्थामा भेटिएको छन् ।
उनी सर्लाही बरथहवा घर भएका ५८ वर्षीय गणेशकुमार कायस्थ रहेको प्रहरीले जनाएको छ । सोही गोठको भर्याङमुनि बुधबार उनी मृत अवस्थामा फेला परेका हुन् । उनी त्यही गोठमा बस्दै आएका थिए ।
सिरहाको मिर्चैया नगरपालिका–१० मथलेश्वर बस्ने २७ वर्षीया बिमला देवी यादब आफ्नै घरको ढोका नजिक बुधबार मृत अवस्थामा फेला परेकी छिन् । संखुवासभाको खाँदबारी नगरपालिका–२ अमले भञ्ज्याङस्थित सडकमा सोही ठाउँ बस्ने ७१ वर्षीया कमला परियार दर्जी बुधबार मृत अवस्थामा फेला परेकी छिन् । सबै घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ साउन २०७९, १२ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बर्दियाको भादा नदीमा बेपत्ता युवक मृत फेला
नेपाल प्रहरीका सई झुण्डिएको अवस्थामा मृत फेला
गुल्मीमा एक जना महिला मृत फेला
पाल्पामा एक पुरुष मृत फेला
सुर्खेतको देउती बज्यै मन्दिरकी पुजारी मृत फेला
बसुन्धारा र सुन्दरीजलमा २ व्यक्ति मृत फेला