टिपरको ठक्करबाट झापामा साइकल यात्रीको मृत्यु

सफल खबर संवाददाता

बुधबार, ११ साउन २०७९, २१ : ३९
टिपरको ठक्करबाट झापामा साइकल यात्रीको मृत्यु

झापा । झापामा टिपरको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ। मृतकको पहिचान खुल्न नसकेको झापा प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बुधबार साढे ५ बजे पूर्व पश्चिम राजमार्ग अन्तरगत कमल गाउँपालिका-५ स्थित गीता पेट्रोल पम्प अगाडि पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बागमती प्रदेश-०३-००१ क २१२ नम्बरको टिपरले साइकल यात्रीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो।

मृतकको पोस्टमार्टमका लागि दमक अस्पताल पठाएको र टिपरसहित चालक मकवानपुर चुरेमाई नगरपालिका–५ बस्ने ३१ वर्षीय सुजन वाइबाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस