नारायणघाट–बुटवल पूर्व–पश्चिम खण्डको तत्काल ठेक्का रद्द गर्न विकास तथा प्रविधि समितिको निर्देशन

सफल खबर संवाददाता

बुधबार, ११ साउन २०७९, १९ : २०
नारायणघाट–बुटवल पूर्व–पश्चिम खण्डको तत्काल ठेक्का रद्द गर्न विकास तथा प्रविधि समितिको निर्देशन

काठमाडौं । संसदीय समितिले नारायणघाट–बुटवल पूर्व–पश्चिम खण्डको निर्माण कार्य आशाजनक नभएको भन्दै आयोजनाको लागत नबढ्ने गरी तत्काल ठेक्का रद्द गर्न निर्देशन दिएको छ । बुधबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले नारायणघाट–बुटवल सडक पूर्व–पश्चिम खण्डको कार्य प्रगतिका विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसहित आयोजना प्रमुखहरुसँग गरेको छलफलपछि समिति सभापति कल्याणी खड्काले सरकारलाई यस्तो निर्देशन दिएका हुन् ।

सभापति खड्काले आयोजनाको निर्माण अवधि सकिनै लाग्दा समेत अहिलेसम्म पनि सम्पन्न भौतिक प्रगति १८.४४ प्रतिशत रहेको विषयप्रति समितिको ध्यानाकर्षण भएको बताए । उनले सरकारले ठेक्का रद्द गर्ने विषयमा समीक्षा गरी तत्काल निर्णय लिन निर्देशन गरे । सभापति खड्काले मित्र राष्ट्रहरुको निर्धारित शर्त सहितको अनुदान ऋण सहयोगमा निर्माण तथा स्तरोन्नती भइरहेका राष्ट्रिय स्तरका तथा अन्य सडक तथा पूर्वाधार निर्माणका आयोजनाहरुको निर्माणमा राष्ट्रको हीत नहुने सम्झौता तत्काल समीक्षा गरी पुनारावोलकन गर्नपनि निर्देशन दिए ।

उनले देशका राष्ट्रिय स्तरका तथा मुख्य सडकहरु नै क्षतविक्षत हुने गरी उपयुक्त योजना बिना पहँुच मार्गहरु निर्माण गर्ने कार्य बढेको सन्दर्भमा यस्ता मार्ग निर्माणको नीतिगत मापदण्ड तत्काल निर्धारण गरी कडाईका साथ कार्यान्वयन गर्नपनि सरकारलाई निर्देशन गए । सभापति खड्काले निर्माणधीन अवस्थामा रहेको कर्णालीको कालिकोट–जुम्ला जोड्ने नाग्ना पक्की पुल हालै वर्षले चर्किएको पाइएकाले यसको गुणस्तर र प्राविधिक पक्षका सम्बन्धमा १५ दिनभित्र छानबिन गरी यसको प्रतिवेदन समितिलाई बुझाउन भौतिक मन्त्रालयलाई निर्देशन दिए ।

उनले भने, ‘देशकै व्यापारीक मार्गको रुपमा परिचित,एशियन हाईवेयको रुपमा स्तर उन्नतिमा अगाडि बढाइएको नारायणघाट बुटवल सडक पूर्वीखण्ड नेपाल नवलपरासी, दाङ पश्चिम बुटवल सडक खण्डको बारेमा समितिले गम्भीरता पूर्वक चासो लिएर आयोजनाको कार्य प्रगतिको स्थलगत अनुगमन गरी सडक निर्माणका समस्या समाधानको लागि २०७८ माघ २८ गतेको बैठकमा महत्वपूर्ण निर्देशन भएका थिए । आयोजनाको निर्माण अवधि सकिनै लाग्दा अहिलेसम्म पनि सम्पन्न भौतिक प्रगति १८.४४ प्रतिशत रहेको विषयप्रति समितिको गम्भिर ध्यानाकर्षण भएको छ ।’

उनले फेरि भने, ‘समयमा नै आयोजना सम्पन्न गर्ने विषयमा न्यून र निराशाजनक कार्य प्रगतिको कारण आयोजनाको ठेक्का नै रद्द गर्नुपर्ने अवस्था सिर्जना भएको विषयलाई गम्भीरतापूर्वक ध्यानाकर्षण गरी आवश्यक कारबाही अगाडि बढाउदा आयोजनाको लागत नबढ्ने गरी निर्धारित समयमा गुणस्तरीय काम सम्पन्न गर्न तत्काल समीक्षा गरी उपयुक्त निर्णय लिन समिति नेपाल सरकार प्रधानमन्त्री कार्यालय तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन गर्दछ । मित्र राष्ट्रहरुको निर्धारित शर्त सहितको अनुदान ऋण सहयोगमा निर्माण तथा स्तरउन्नती भइरहेका राष्ट्रियस्तरका र अन्य सडक तथा पूर्वाधार निर्माणका आयोजनाहरु निर्धारित समयमा र गुणस्तरीय रुपमा सम्पन्न हुन नसकेको र आर्थिक व्ययभार समेत वृद्धि भइरहेको सम्बध सरोकारवाला र सरकारी निकायको मूल्याङ्कन भएर समग्र राष्ट्रको हीतमा राखि यस्ता सम्झौताको तत्काल समीक्षा गरी पुनारावोलकन गर्न समिति नेपाल सरकार प्रधानमन्त्री कार्यालय तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन गर्दछ ।’

त्यस्तै देशका राष्ट्रिय स्तरका तथा मुख्य सडकहरु नै क्षतविक्षत हुनेगरी उपयुक्त योजना बिना पहँुच मार्गहरु निर्माण गर्ने कार्य बढेको सन्दर्भमा यस्ता र्माग निर्माणको नीतिगत मापदण्ड तत्काल निर्धारण गरी कडाईका साथ कार्यान्वयन गर्न समिति नेपाल सरकार प्रधानमन्त्री कार्यालय तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन पनि दिएका छन् । यसका साथै निर्माणाधीन अवस्थामा रहेको कर्णालीको कालिकोट जुम्ला जोड्ने नाग्ना पक्की पुल हालै वर्षाले चर्किएको पाइएकाले यसको गुणस्तर र प्राविधिक पक्षका सम्बन्धमा १५ दिनभित्र छानबिन गरी यसको प्रतिवेदन समितिमा पठाउन समिति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन गरेको छ ।

उनले भने, ‘छिमेकी राष्ट्र भारतको एजीएम बैंकको सहयोगमा निर्माणधिन नुवाकोट जिल्ला अन्तर्गतको बालाजु रानीपौवा सडकखण्ड स्तर उन्नतिको कार्यगर्दा साविकमा भएको पिच डोजलर लगाई क्षतविक्षत बनाइ हालसम्म सम्पन्न नभएको विषयलाई ध्यानमा राखि समितिको २०७८ पौष २८ गतेको बैठकबाट गुणस्तर र समयमा नै सम्पन्न गर्न निर्देशन भएको थियो । हाल सडकको ठेक्का रद भई निर्माणको कार्य अवरुद्ध भएको सन्दर्भमा देशको उतरी नाकाबाट राजधानी जोड्ने त्यस्तो महत्वपूर्ण सडक निर्माणको कार्य तत्काल अगाडि बढाउने आवश्यक व्यवस्था मिलाउन समिति नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन गर्दछ ।’

उनले थपे, ‘हालैको अविरल वर्षाले आएको बाढी तथा पहिरोले विभिन्न जिल्लाहरुको पूर्वाधारहरुमा अत्याधिक मात्रामा क्षति पुगि यातायात सेवा अवरुद्ध हुँदा दैनिक रुपमा हुने आवात जावातलाई कष्ठकर बनाएको छ । यस विषयमा मध्यनजर राख्दै नजिकिँदै गरेको नेपालीहरुको महत्वपूर्ण चाडहरुलाई समेत ध्यानमा राखि क्षतिग्रस्त पुल तथा सडकहरुको तत्काल मर्मत गरी यातायात सेवालाई सहज रुपमा सुचारु गर्ने आवश्यक व्यवस्था मिलाउन समिति नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन गर्दछ ।’

सभापति खड्काले छिमेकी राष्ट्र भारतको एजिएम बैंकको सहयोगमा निर्माणधिन नुवाकोट जिल्ला अन्तर्गतको बालाजु रानीपौवा सडक खण्डको ठेक्का रद्द भई निर्माणको कार्य अवरुद्ध भएको सन्दर्भमा देशको उतरी नाकाबाट राजधानी जोड्ने महत्वपूर्ण सडक निर्माणको कार्य तत्काल अगाडि बढाउन सरकारलाई निर्देशन दिए ।उनले समितिको २०७८ पौष २८ गतेको बैठकबाट गुणस्तर र समयमा नै सम्पन्न गर्न निर्देशन दिएको बताए ।

सभापति खड्काले हालैको अविरल वर्षाले आएको बाढी तथा पहिरोले विभिन्न जिल्लाहरुको पूर्वाधारहरुमा अत्याधिक मात्रामा क्षति पुगि यातायात सेवा अवरुद्ध हुँदा दैनिक रुपमा हुने आवत जावतलाई कष्ठकर बनाएको भन्दै क्षतिग्रस्त पुल तथा सडकहरुको तत्काल मर्मत गरी यातायात सेवालाई सहज रुपमा सुचारु गर्ने आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस