कोरोना अपडेट: थप ५६४ जनामा संक्रमण पुष्टि, एक जनाको मृत्यु

सफल खबर संवाददाता

बुधबार, ११ साउन २०७९, १६ : ३४
कोरोना अपडेट: थप ५६४ जनामा संक्रमण पुष्टि, एक जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९६० पुगेको छ।

बुधबार २०२ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ३ हजार ९२९ कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

गत २४ घण्टामा देशभर २ हजार ७७८ पीसीआर तथा १ हजार ६७६ एन्टिजेन परीक्षण भए