गृहमन्त्री खाण र माओवादी नेता श्रेष्ठबीच भेटवार्ता

सफल खबर संवाददाता

बुधबार, ११ साउन २०७९, १५ : १२
गृहमन्त्री खाण र माओवादी नेता श्रेष्ठबीच भेटवार्ता

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेका छन् । श्रेष्ठ निवास हात्तीबनमा बुधबार बिहान भएको भेटवार्तामा राष्ट्रिय राजनीति र समसामयिक विषयमा कुराकानी भएको हो । 

‘राष्ट्रिय राजनीति र समसामयिक राजनीतिबारे नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठसँग कुराकानी भयो,’ गृहमन्त्री खाणले भने । राष्ट्रिय सभामा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक बिहीबार निर्णयार्थ प्रस्तुत हुँदैछ ।

प्रतिक्रिया दिनुहोस