काठमाडौं। नुवाकोट, दैलेख र बर्दियामा डुबेर तीन जनाको मृत्यु भएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ बस्ने सोही वडाकी वडा सदस्य ५५ वर्षीया सुकुमै तामाङको डुबेर मृत्यु भएको छ ।
सोही नगरपालिका–१० द्वारिका टहरेस्थित बेलकोट खोलाले बगाउँदा मंगलबार दिउँसो उनको मृत्यु भएको हो । खोला तर्ने क्रममा बगाई बेपत्ता भएकी उनको खोजी गर्ने क्रममा घटनास्थलबाट एक किलोमिटर टाढा शव फेला परेको थियो ।
दैलेखको चामुन्डा बिन्द्रासैनी नगरपालिका–३ मटेला बस्ने ३० वर्षीय कृत बहादुर शाहीको खोलाले बगाइ मंगलबार दिउँसो मृत्यु भएको छ । प्रहरी चौकी ठाटिकाधँ, प्रहरी चौकी पाल्तडा र प्रहरी चौकी तल्लो डुङ्गेश्वरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा बिन्द्रासैनी नगरपालिका–८ स्थित खोलाको छेउमा उनको शव फेला पारेको हो ।
बर्दियाको बारबर्दिया नगरपालिका–८ भगतपुर बस्ने ११ वर्षीय गणेश कामीको सोही ठाउँस्थित कुलोमा डुबेर मंगलबार मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बनियाभार र प्रहरी चौकी कर्तनियाघाटबाट खटिएको प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ साउन २०७९, १४ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु
पोखरीमा डुबेर दुई जनाको मृत्यु
अछाममा करेन्ट लागेर एक जनाको मृत्यु, पाँच घाइते
पानीको खाल्डोमा डुबेर बालिकाको मृत्यु
खोलामा डुबेर दाजुभाइको मृत्यु
वीरगन्जमा पौडी खेल्ने क्रममा डुबेर २ दाजुभाईको मृत्यु