काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघले आजको कारोबार मूल्य तोक्दै सुनको भाउ घटेको जानकारी दिएको हो । यससँगै लगातार दोस्रो दिन मूल्य घटेको हो ।
महासंघका अनुसार आज सुनको मूल्य २०० रुपैयाँले घटेको छ । यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ तोकिएको छ । हिजो मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ७०० रुपैयाँ थियो ।
सुनको मूल्य घटे पनि आज चाँदीको मूल्य भने बढेको छ । महासंघले आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर कारोबार सुरू भएको जानकारी दिएको छ । आज चाँदीको मूल्य प्रतितोला ११ सय ५५ रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ साउन २०७९, ११ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य तोलामा १८ सयले बढ्यो, कतिमा हुदैछ कारोबार ?
तोलामा २ हजार ७ सय रुपैयाँले बढ्यो सुन
तोलामा २२ सय रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
बढ्यो सुनचाँदीको भाउ, कतिमा हुदैछ कारोबार ?
सुनको भाउ तोलामा २५ सयले घट्यो, कतिमा हुदैछ कारोबार ?