छोटो पारिवारिक भेटघाटका लागि क्रिकेटर सन्दिप लामिछाने चितवनमा

सफल खबर संवाददाता

बुधबार, २३ जेठ २०७५, १८ : ५९
छोटो पारिवारिक भेटघाटका लागि क्रिकेटर सन्दिप लामिछाने चितवनमा

चितवन । क्रिकेटर सन्दिप लामिछानेले क्यानेडियन प्रिमियर लिग अनुबन्धित हुनु खुशीको बिषय भएको प्रतिकृया दिएका छन् । पारिवारिक भेटभाटका लागि बुधबार चितवन आईपुगेका सन्दिपले भरतपुर विमानस्थलमा पत्रकारसगँ संक्षिप्त कुराकानी गर्दै यस्तो बताएका हुन् ।
म निकै खुशी छु ,संगसगै त्यति नै आशावादी पनि ,उनले भने , “अहिले भईरहेका ठुला ठुला लिगहरु खेल्न पाईरहको छु । मलाई नेपाली जनताले धेरै आश गर्नु भएको छ , त्यस्तै नेपाली क्रिकेट टिमको लागि सबल पक्ष हो ।” 
इण्डियन प्रिमियर लिग आईपीएलमा उत्कृष्ट खेल प्रदर्शन, क्यारेवियन प्रिमियर लिग सीपीएलमा अनुबन्ध, विश्व ११ बाट अन्तराष्ट्रिय ट्वेण्टी ट्वेण्टी क्रिकेटमा डेब्यु गरी गृह जिल्ला चितवन आईपुगेका सन्दिप २ दिन यहि रहने पत्रकारलाई जानकारी दिए ।
सन्दिपले चितवनका साथीहरु सगँ क्रिकेट खेल्न नपाएपनि चितवन आउदा सबै साथीहरुसगँ भेटघाट गर्ने गरेका बताए । उनले भने ,म अहिले स्वदेश भन्दा पनि विदेशमा बढी खेल्न गईरहेको छु ,चितवनमै हुने खेलमा भने खेल्न समयको अभाव हुने बताए । सन्दिपले भने ,म जति व्यस्त हुन्छु ,त्यती नै चितवन र सम्पुर्ण नेपालको लागि राम्रो हुन्छ । 


सन्दिप क्यारेवियन प्रिमियर लिगमा पाँच हजार डलर र क्यानेडियन लिगका लागि ४० हजार डलरमा अनुबन्धित भएका छन् । क्यारेवियन प्रिमियर लिगका लागि जुन र क्यानेडियन लिग खेल्न अगस्टमा जाने छन् ।
 

प्रतिक्रिया दिनुहोस