काठमाडौँ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका १३ भैँसेपाटीमा गए राति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक रोशी गाउँपालिका१ का १८ वर्षीय कृष्ट लामा रहेका छन्।
अरनिको राजमार्गअन्तर्गत बनेपाबाट काठमाडौँतर्फ जाँदै गरेको ना ८ ख ८०८७ नम्बरको ट्रकलाई सोही दिशाबाट जाँदै गरेको बा ६७ प २८९२ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा ट्रकमा ठोक्किएर दुर्घटना भएको प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए।
सो घटनामा परी मोटरसाइकल चालक सोही ठाउँका २६ वर्षीय एण्डी लामा घाइते भएको प्रहरीले जनाएको छ। यसैबीच यही साउन ४ गते रोशी गाउँपालिका१ फलामेसाँघुस्थित रोशी खोलाले बगाएर बेपत्ता भएका नमोबुद्ध नगरपालिका ९ का ४८ वर्षीय ज्ञानबहादुर लामाको शव मंगलबार फेला परेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ साउन २०७९, ०९ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धनुषामा बस दुर्घटना, चालकसहित १७ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु
जन्ती बोकेको बलेरो दुर्घटना, पाँच जना घाइते
सुडानमा विमान दुर्घटना, जनाको मृत्यु
कपिलवस्तुमा ट्रक र कार ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते