काभ्रेपलाञ्चोकमा मोटरसाईकल दुर्घटना हुँदा एकजनाको मृत्यु

सफल खबर संवाददाता

बुधबार, ११ साउन २०७९, ०९ : ४२
काभ्रेपलाञ्चोकमा मोटरसाईकल दुर्घटना हुँदा एकजनाको मृत्यु

काठमाडौँ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका  १३ भैँसेपाटीमा गए राति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक रोशी गाउँपालिका१ का १८ वर्षीय कृष्ट लामा रहेका छन्।

अरनिको राजमार्गअन्तर्गत बनेपाबाट काठमाडौँतर्फ जाँदै गरेको ना ८ ख ८०८७ नम्बरको ट्रकलाई सोही दिशाबाट जाँदै गरेको बा ६७ प २८९२ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा ट्रकमा ठोक्किएर दुर्घटना भएको प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए।

सो घटनामा परी मोटरसाइकल चालक सोही ठाउँका २६ वर्षीय एण्डी लामा घाइते भएको प्रहरीले जनाएको छ। यसैबीच यही साउन ४ गते रोशी गाउँपालिका१ फलामेसाँघुस्थित रोशी खोलाले बगाएर बेपत्ता भएका नमोबुद्ध नगरपालिका ९ का ४८ वर्षीय ज्ञानबहादुर लामाको शव मंगलबार फेला परेको छ।