काठमाडौं । प्रहरीले प्र्याङ्क भन्दै महिलालाई एसिड हान्ने धम्की दिने एक जना युट्युवरलाई पक्राउ गरेको छ । प्रहरीले ‘बदमास केटा’ नामक युट्युब च्यानल सञ्चालन गर्दै आएका नवलपरासी हुप्सेकोट–३ का २६ वर्षीय प्रदीप भन्ने पूर्ण चन्द्र भुसाललाई कावासोती नवलपरासीबाट पक्राउ गरेको हो ।
भुसालले बाटोमा हिँडिरहेकी महिलालाई ‘आफ्नो साथमा भएको पैसा, मोबाइल, गर गहना दिनुस् नदिएमा एसिड हान्दिन्छु’ भन्दै प्र्याङ्क भिडियो बनाएका थिए । एसिड जस्तो अति संवेदनशील घातक पदार्थ प्रयोग गर्छु भनेर समाजमा नकारात्मक सन्देश फैलाउने भिडियो भनाएको प्रहरीको दाबी छ ।
विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरी भुसालमाथि अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंबाट ७ दिनका म्याद थप गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० साउन २०७९, २० : १३
लेखकबाट थप