नेप्से परिसूचक मंगलबार उच्च अंकले गिरावट

सफल खबर संवाददाता

मंगलबार, १० साउन २०७९, १६ : ०२
नेप्से परिसूचक मंगलबार उच्च अंकले गिरावट

काठमाडौं   मौद्रिक नीतिपछि लगातार दुई दिन बढेको नेप्से परिसूचक मंगलबार उच्च अंकले गिरावट आएको छ।मंगलबार नेप्से सूचक ४४.८० अंकले घटेर २०८८.१६ बिन्दुमा झरेको हो। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ८.९९ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ३.२१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.३२ अंक घटेको छ।

मंगलबार कारोबारमा आएका २२२ कम्पनीको ८७ लाख ४० हजार ५५१ कित्ता शेयर ९९ लाख ४४ हजार ४८ कित्ता शेयर ३ अर्ब ७० करोड ४९ लाख ९८ हजार ३९८ रुपैयाँ बराबरको कारोबार भएको छ। सोमबार ४ अर्ब १० करोड ६८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।

नेप्सेका १३ वटै उपसमूहको सूचकमा गिरावट आएको छ। जसमा विकास बैंक, फाइनान्स, होटल, लगानी, माइक्रोफाइनान्स, व्यापार र अन्य उपसमूहको सूचक २ प्रतिशतभन्दा धेरैले घटेको छ।अन्य बाँकी सबै उपसमूहको सूचक १ प्रतिशतभन्दा बढीले गिरावट आएको छ।

नेप्सेमा गिरावट आए पनि मल्टिपर्पस फाइनान्सको शेयर मूल्य ९.३२ प्रतिशतले बढेको छ भने सूर्योदय वमी लघुवित्तको ६.७२ प्रतिशत, युनाइटेड मोदी हाइड्रोपावरको ६.१९ प्रतिशत र समृद्धि फाइनान्सको ३.२३ प्रतिशतले बढेको छ। यता गणपति लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै ६.८२ प्रतिशतले घटेको छ।

मंगलबार पनि शिवम् सिमेन्टको सबैभन्दा धेरै १९ करोड ३६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। अरुण काबेली हाइड्रोपावरको १५ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस