काठमाडौं । विभिन्न तीन राजनीतिक दल एमसिसी, एसपिपी र आइपिएसविरुद्ध आन्दोलनमा उत्रिएका छन्।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, ऋषि कट्टेलको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र कर्णजीत बुढाथोकीको नेकपा माओवादी समाजवादी आन्दोलनमा उत्रिएका हुन् ।काठमाडौँमा मंगलबार पत्रकार सम्मेलन गरेर उनीहरूले एमसिसी, एसपिपी र आइपिएसविरुद्ध आन्दोलनमा उत्रिएको जानकारी दिए।
उनीहरूका अनुसार १३ साउनमा देशव्यापी कोणसभा, १५ साउनमा देशव्यापी मसाल जुलुस, १८ साउनमा काठमाडौँमा अन्तरक्रिया र २१ साउनमा प्रदेश सदरमुकाम र काठमाडौँमा विरोध प्रदर्शन गर्ने कार्यक्रम छ ।
यसपछि उच्चस्तरको दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरिने उनीहरूले बताएका छन्।साथै तत्कालीन ओली सरकार र विप्लव नेतृत्वको नेकपाबीच भएको तीन बुँदे सहमति पनि कार्यान्वयन गर्न माग गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० साउन २०७९, १५ : २७
लेखकबाट थप