बलिउड अभिनेता रणवीर सिंहको बोल्ड फोटोसुटका कारण सामाजिक सञ्जालमा तहल्का

सफल खबर संवाददाता

मंगलबार, १० साउन २०७९, १४ : ३१
बलिउड अभिनेता रणवीर सिंहको बोल्ड फोटोसुटका कारण सामाजिक सञ्जालमा तहल्का

काठमाडौं  बलिउड अभिनेता रणवीर सिंहको बोल्ड फोटोसुटका कारण सामाजिक सञ्जालमा तहल्का मच्चिएको छ।

यो तस्बिर सार्वजनिक भएदेखि नै सामाजिक सञ्जालमा मानिसहरूले अभिनेतालाई ट्रोल गरिरहेका छन् भने सेलिब्रेटीहरूले विभिन्न तर्क दिएर उनको बचाउ गर्ने प्रयास गरिरहेका छन्।बाेल्ड फाेटाेसुटका कारण सोमबार उनीविरुद्ध पुलिसमा उजुरी दर्ता गरिएको छ।

अभिनेता सिंहले अमेरिकाकाे पेपर म्यागजिनमा बाेल्ड फाेटाेसुट गराएका थिए।गैरसरकारी संस्था चलाउने ललित श्यामले मुम्बईको चेम्बुर पुलिस स्टेसनमा अभिनेता विरुद्ध एफआईआर दर्ता गरेका हुन्।

ललितले तस्बिरले महिलाकाे अपमान भएकाे जनाउँदै ट्विटर र इन्स्टाग्रामबाट तस्विर हटाउन पनि माग गरेका छन्। यतिमात्र नभई उनकाे पक्राउ पनि माग गरिएकाे छ।मिडिया रिपोर्टका अनुसार आइपिसीको धारा २९२ अन्तर्गत ५ वर्ष र धारा २९३ अन्तर्गत ३ वर्षको जेल सजायको प्रावधान छ।

आरोप प्रमाणित भए रणवीर सिंहलाई कम्तीमा ५ वर्षको जेल सजाय हुनसक्छ।

प्रतिक्रिया दिनुहोस