रेडक्रसलाई निजी कम्पनी बनाउन खोजेको भन्दै विरोध प्रदर्शन

सफल खबर संवाददाता

मंगलबार, १० साउन २०७९, १४ : ०९
रेडक्रसलाई निजी कम्पनी बनाउन खोजेको भन्दै विरोध प्रदर्शन

काठमाडौं  नेपाल रेडक्रस सोसाइटीलाई निजी कम्पनी बनाउन खोजेको भन्दै विरोध प्रदर्शन गरिएको छ । थापागाउँको बानेश्वर पार्टी प्यालेसमा गोष्ठी चलिरहँदा बाहिर भने विरोध प्रदर्शन भइरहेको छ ।

पार्टी प्यालेसभित्र 'वर्तमान सन्दर्भमा नेपाल रेडक्रस सोसाइटीको समस्या र भावी मार्गचित्रको विषयमा छलफल गर्न आयोजित राष्ट्रिय भेला' चलिरहेको छ । बाहिर कर्मचारीले मानवीय संस्थामा दानवीय व्यवहार बन्द गररेडक्रसभित्र विधिको शासन लागू गर, रेडक्रसलाई निजी कम्पनी नबनाउ, गैरकानुनी सरकारी समिति खारेज गर लगायतका नारा लेखिएका प्ले-कार्ड बोकेर विरोध प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस