सरकारले जनस्वाथ्यका गम्भीर विषयमा भइरहेका कार्यबारे संसदमा जानकारी गराउन माग -योगेश भट्टराई

सफल खबर संवाददाता

मंगलबार, १० साउन २०७९, १४ : ०१
सरकारले जनस्वाथ्यका गम्भीर विषयमा भइरहेका कार्यबारे संसदमा जानकारी गराउन माग -योगेश भट्टराई

काठमाडौं  नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारले जनस्वाथ्यका गम्भीर विषयमा भइरहेका कार्यबारे संसदमा जानकारी गराउन माग गरेका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले मंकीपक्स, हैजा र कोभिडका संक्रिमतको उपचारमा भएको कार्यप्रगतिबारे सदनलाई जानकारी गराउन सरकार र स्वाथ्य मन्त्रालयसँग माग गरेका छन्।

भारतसँगको सिमानाहरुमा कडाई गर्नुका साथै नागरिक स्तरमा सचेतना फैलाउनुपर्नेमा उनले जोड दिएका छन्।सदनमा उनले भने, ‘पछिल्लो विवरण अनुसार काठमाडौं उपत्यकामा ३४ जना हैजाका बिरामी पुगेका छन्। यो महामारी हो। हैजा समुदाय स्तरमा फैलिएको छ भन्ने पुष्टि हो।

प्रतिक्रिया दिनुहोस