युवती बलात्कार आरोपमा दुई कराँते प्रशिक्षक पक्राउ

सफल खबर संवाददाता

मंगलबार, १० साउन २०७९, १३ : १४
युवती बलात्कार आरोपमा दुई कराँते प्रशिक्षक पक्राउ

काठमाडौं । युवतीलाई बलात्कार गरेको आरोपमा दुईजना कराँते प्रशिक्षक पक्राउ परेका छन् । २८ असारमा युवतीलाई बलात्कार गरेको आरोपमा कराँते प्रशिक्षक विराटनगर–३ का ५० वर्षीय विनोद राउत र सुरज सुवेदीलाई प्रहरीले पक्राउ गरेको हो । 

सुनसरीकी एक १९ वर्षीय युवतीले दिएको किटानी जाहेरीका आधारमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । शनिबार पक्राउ परेका उनीहरूलाई म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको मोरङ प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार दुवै जनाले युवतीलाई होटलमा बोलाएर पटक–पटक बलात्कार गरेको भिडिओसमेत बनाएको आरोप छ । राउत राष्ट्रिय खेलकुद परिषद् मोरङको कराँते प्रशिक्षक हुन् ।सुवेदी संखुवासभाको कराँते प्रशिक्षक रहेको मोरङ प्रहरीले जनाएको छ । ‘दुवै जनाविरुद्ध किटानी जाहेरी परेको छ, हामीले अनुसन्धानका लागि हिरासतमा लिएका छौँ,’ मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक दीपक श्रेष्ठले फरकधारसँग भने । 

 

प्रतिक्रिया दिनुहोस