प्रचण्ड साउन २१ गते जापान जाने

सफल खबर संवाददाता

मंगलबार, १० साउन २०७९, १३ : ०७
प्रचण्ड साउन २१ गते जापान जाने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान जाने भएका छन्।जापानस्थित नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन उनी साउन २१ गते जापान जान लागेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

‘मल्लले देश सञ्चारसँग भने जापानको जनप्रगतिशील मञ्चले अध्यक्षज्यूलाई बोलाएको छ, अध्यक्ष जापान जाने तयारी भइरहेको छ।अहिले त नेपालीहरूको कार्यक्रममा जाने भन्नेछ। त्यहाँ कुनै राजनीतिक भेटघाट हुनेबारे परराष्ट्र मन्त्रालय र टोकियोस्थित नेपाली दूतावासबाट परामर्श भइरहेको छ।

प्रचण्डले यसअघि असार अन्तिममा भारतको भ्रमणमा गएका थिए। भारतीय जनता पार्टीको निमन्त्रणमा नयाँदिल्ली पुगेका प्रचण्डले राजनीतिक भेटघाट गरेका थिए।

प्रतिक्रिया दिनुहोस