वीरगञ्ज । पर्सा प्रहरीले ६ हजार नेपाली नक्कली नोटसहित वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ।
प्रहरीले रौतहटको परोहा नगरपालिका–३ बस्ने ३२ वर्षका बिटु द्विवेदीलाई पक्राउ गरेको हो। सूचनाको अधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–११ श्रीपुरटोलबाट द्विवेदीलाई पक्राउ गरेको हो।
पक्राउ परेका उनको साथबाट प्रहरीले १ हजार दरका ६ वटा नेपाली नक्कली नोट बरामद गरेको पर्साका प्रहरी प्रवक्ता प्रह्लाद कार्कीले जानकारी दिए।
पक्राउ परेका द्विवेदीलाई मुद्रासम्बन्धी कसुरमा अदालतबाट सात दिनको म्याद लिइ अनुसन्धान अगाडि बढाइएको कार्कीले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ साउन २०७९, २० : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन जेडको आन्दोलनको क्रममा भागेका दुई कैदी सल्यानबाट पक्राउ
दुई भारतीय नागरिक पक्राउ
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ
विमानस्थलबाट गाँजासहित तीन भारतीय पक्राउ
पटाकासहित एक जना पक्राउ
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ