लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल प्रदेश १ को अधिवेशन २४ र २५ भदौमा

सफल खबर संवाददाता

विहीबार, ०५ साउन २०७९, १४ : २९
लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल प्रदेश १ को अधिवेशन २४ र २५ भदौमा

काठमाडौँ  । एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल प्रदेश १ को अधिवेशन २४ र २५ भदौमा धरानमा हुने भएको छ ।

महासंघको बुधबार बसेको बैठकले प्रदेशको प्रथम अधिवेशनका लागि केन्द्रीय उपाध्यक्ष एवं प्रदेश १ का इन्चार्ज पिके राईको संयोजकत्वमा ३०१ सदस्यीय आयोजक कमिटी गठन गरेको छ । आयोजक कमिटीको सह-संयोजक टिकाराम चेम्जोङ र सचिव देवराज राई छन् ।  

अधिवेशनका लागि १७ जातीय घटक संगठनहरूकाे इन्चार्ज र संयोजक तोकिएको आयोजक कमिटीका संयोजक राईले बताए । एमाले केन्द्रीय सदस्य पासाङ शेर्पाको प्रमुख आतिथ्यतामा महासंघको प्रदेश स्तरीय भर्चुअल बैठक बसेको हो । 

प्रतिक्रिया दिनुहोस