इराकमा भएको हिंसात्मक हमलाको संयुक्त राष्ट्रसंघद्वारा निन्दा

एजेन्सी

विहीबार, ०५ साउन २०७९, १२ : ४६
इराकमा भएको हिंसात्मक हमलाको संयुक्त राष्ट्रसंघद्वारा निन्दा

एजेन्सी  । इराकको एक रिसोर्टमा भएको हिंसात्मक हमलाको संयुक्त राष्ट्रसंघले निन्दा गरेको छ। इराकको डुहोक प्रान्तको एक रिसोर्टमा बुधबार भएको हिंसात्मक हमलाको इराकका लागि संयुक्त राष्ट्रसंघीय मिसनले निन्दा गरेको हो।

सो रिसोर्टमा भएको हमलामा परी नौ जनाको ज्यान गएको थियो भने अरू २३ जना घाइते भएका थिए। ती सबै जना पर्यटक रहेका इराकको गृह मन्त्रालयले जानकारी दिएको छ।

इराकी सरकारी समाचार समितिका अनुसार इराकका लागि संयुक्त राष्टसंघीय मिसनले एक विज्ञप्ति प्रकाशन गरेर सो हमलाको निन्दा गरेको जनाएको छ।

सो मिसनले प्रकाशन गरेको विज्ञप्तिमा उक्त हिंसात्मक हमलाको अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न पनि माग गरेको छ। यस्ता हिंसात्मक हमलाहरु तत्कालै रोक्न भन्दै सो विज्ञप्तिमा नागरिकको सुरक्षित रूपमा बाँच्ने अधिकारको सम्मान गर्न पनि माग गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस