भेब्स ग्लोबलले 'इनरुट अष्ट्रेलिया' हाईयर एजुकेशन एडमिसन डे सञ्चालन गर्ने

सफल खबर संवाददाता

विहीबार, ०५ साउन २०७९, १२ : ००
भेब्स ग्लोबलले 'इनरुट अष्ट्रेलिया' हाईयर एजुकेशन एडमिसन डे सञ्चालन गर्ने

चितवन । विगत १२ बर्ष देखि काठमान्डौमा रहेर उच्च शिक्षाको लागि उचित परामर्श दिदै आएको भेब्स् ग्लोबलले 'इनरुट अष्ट्रेलिया' नाम दिएर एडमिसन डे सञ्चालन गर्ने भएको छ । यही साउन १० गते मंगलबार भेब्स  ग्लोबलले कार्यक्रम गर्ने भएको हो । कार्यक्रम भेब्स ग्लोबलको अफिस, लालचन प्लाजा, हात्तीसार, काठमाडौमा हुने भएको हो । 

कार्यक्रममा ११ जना अष्ट्रेलियन युनिभर्सिटी तथा कलेजका प्रतिनिधिहरुले उच्च शिक्षा सम्बन्धी परामर्श सेवा दिने ग्लोबलका हेड अफ एडमिसन करुण घर्ती क्षेत्रीले जानकारी दिए । एडमिसन डेमा अष्ट्रेलिया उच्च शिक्षाको लागि पढ्न जाने विद्यार्थीहरुले निशुल्क परामर्श  र  अवलोकन गर्ने  पनि उनले बताए । 

उच्च शिक्षा हासिल गर्नको लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुको लागि यो एउटा अवसर हुने क्षेत्रीले बताए । हाम्रो कार्यक्रममा विद्यार्थीहरुले युनिभर्सिटीका प्रतिनिधिहरुसँग प्रत्यक्ष कुराकानी गर्न पाउनेछन् । उनले भने , अष्ट्रेलियामा पढाई हुने कोर्स, लाग्ने खर्च , छात्रवृत्ति र अन्य कुराहरुको बारेमा विद्यार्थीहरुले जानकारी पाउन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस