स्याङ्जा । स्याङ्जाको गल्याङ–६ पेलाकोटमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ ।
बुधबार साँझ पेलाकोटस्थित सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर गल्याङ–६ का ३३ वर्षीया बिन्द्र गुरुङ र चार वर्षीया सोफिया गुरुङको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालका अनुसार सोफिया पोखरीमा डुबेको देखेपछि उनको उद्धार गर्ने क्रममा बुबा बिन्द्र पनि डुबेका थिए ।
तत्काल उद्धार गरी वालिङस्थित गह्रौ प्राथमिक अस्पतालमा पुर्याइएकामा चिकित्सकले दुवैजनालाई मृत घोषणा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ०५ साउन २०७९, ०८ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु