काठमाडौं । जनअधिकार सुनिश्चितताका लागि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको र उक्त व्यवस्था आजको आवश्यक रहेको राजधानीमा बुधबार आयोजित कार्यक्रमका वक्ताहरूले बताएका छन् । जनसरोकार अभियानद्वारा काठमाडौंमा आयोजित ‘संघीयता स् भ्रम र यथार्थ’ विषयक बहसका वक्ताहरूले कतिपयमा संघीयताबारे भ्रम उत्पन्न भएको उल्लेख गर्दै मुलुकको पहिचान, संस्कृति, मूल्य मान्यताका आधारमा संघीयता स्थापना भएको बताएका हुन् ।
कार्यक्रममा लेखक तथा राजनीतिक विश्लेषक श्याम श्रेष्ठले नेतृत्व गर्ने व्यक्तिको कमजोरीका कारण संघीयताबारे भ्रम उठ्न खोजेका बताउँदै संघीयता देशको आवश्यकता भएको बताए । उनले जनताका सेवा सुविधालाई गाउँगाउँमै सहजरूपमा पु¥याउनका लागि संघीयताको महत्व बढी रहेको बताए । उनले जनसहभागिता हुने उच्च खालको व्यवस्था नै संघीयता भएको र पहिचान, संस्कृति, मूल्य मान्यताका कारण उक्त व्यवस्था आजको आवश्यकता रहेको बताए ।
बहसमा सहभागी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले संघीयताको विषयमा अहिले नै सफल या असफल भएको भनेर छलफल गर्नुपर्ने बेला नभएको बताए । उनले २०/२५ वर्ष अभ्यास भएपछि मात्रै यसबारेमा विश्लेषण गर्नुपर्नेमा जोड थियो । संघीयताले मुलुकका ७५३ पालिकाका जनता लाभान्वित भएका र तल्लो तहका जनताले पनि प्रत्यक्षरुपमा निगरानी गर्न सकेकाले आर्थिक पारदर्शीता निर्माण गर्न सकिएको उनको भनाइ थियो । उनले मुलुकमा अहिले सुुशासनको प्रत्याभूति दिलाएको पनि बताए ।
उक्त कार्यक्रमका संयोजक अनिल शर्माले संघीयताका सवालमा देखिएको भ्रम निवारणका लागि यसरी कार्यक्रम आयोजना गरिएको बताए । उनले संघीयता मुलुकको पहिचान भएकाले नागरिकका अधिकार सुनिश्चितताका लागि आवश्यक भएको बताए । जनसरोकार अभियानका अभियन्ता सविन सिग्देलले संघीयताबारे युवा वर्गमा उब्जिएको भ्रम चिर्न उक्त कार्यक्रम गरिएको बताए । तीन वर्षअघि सक्रिय रहेको अभियानले राष्ट्रिय पहिचानका विषयमा निरन्तर बहस चलाउँदै आएको पनि सिग्देलले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०४ साउन २०७९, २० : ३८
लेखकबाट थप