विद्यार्थीलाई सबैखाले उपचारमा ५० प्रतिशत सहुलियत दिन अनेरास्ववियूको माग

सफल खबर संवाददाता

बुधबार, ०४ साउन २०७९, १९ : ३६
विद्यार्थीलाई सबैखाले उपचारमा ५० प्रतिशत सहुलियत दिन अनेरास्ववियूको माग

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले सरकारी र सामुदायिक विद्यालय तथा क्याम्पसका विद्यार्थीलाई सबैखाले उपचारमा ५० प्रतिशत सहुलियत दिन माग गरेको छ।

स्वास्थ्यमन्त्री भवानी खापुङ र स्वास्थ्य राज्यमन्त्री हीराचन्द्र केसीलाई बुधबार ध्यानाकर्षणपत्र बुझाउँदै अनेरास्ववियूले यस्तो माग गरेको हो। विद्यार्थीहरुलाई ओपीडी सेवा निःशुल्क गर्नुपर्ने अनेरास्ववियूको माग छ।

अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले बुझाएको ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘विद्यार्थीको स्वास्थ्यमाथि कुनै पनि किसिमको खेलबाड नहोस्, स्वास्थ्य उपचारबाट कुनै पनि विद्यार्थी वञ्चित हुने अवस्था नबनोस् र यही विषयमा पुनः हामीले आन्दोलन गर्न नपरोस्।’

प्रतिक्रिया दिनुहोस