विराटनगर । मोरङको बेलबारी नगरपालिका– १० मा पर्ने सिर्जना सामुदायिक वनभित्र महिलाको शव फेला परेको छ । मंगलबार दिउँसो निगुरो टिप्न गएका महिलाले अधवैशे महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी राजन कार्कीका अनुसार शवको पहिचान खुलेको छैन । शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।
निलो–सेतो रङ्गको बुट्टे कुर्ता र रातो–कालो धर्का भएको सलवार लगाएको महिलाको शव भेटिएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ साउन २०७९, २० : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कञ्चनपुरमा जलेको अवस्थामा शव फेला
कैलालीको जंगलमा २ जना पुरुषको शव फेला
भक्तपुरमा आफ्नै घरमा खुट्टा बाँधिएकाे अवस्थामा वृद्धाको शव भेटियो
रौतहटमा दुई जनाको शव फेला, एक जना बेपत्ता