काठमाडाैँ ।मनकामना दर्शन प्रालिको नाममा भ्रामक प्रचार भएको पाइएको छ । पुरानो लोगोलाई प्रयोग गरेर केही सञ्चारमाध्यममा भ्रामक प्रचार भएको पाइएको हो ।
सरकारले चुच्चे नक्सा प्रयोगमा ल्याएको लामो समय वितिसक्दा पनि मनकामना दर्शन प्रालिलाई ब्रोसरमा रहेको नक्सा नफेसेको भन्दै समाचार आएको थियो । तर मनकमाना दर्शन प्रालिले यसलाई पित पत्रकारिताको पराकाष्टा भएको जनाएको छ । ५ बर्ष अधिको ब्रोसरराखेर नेपालको नया नक्शाको अपमान भनी लेखको समाचार आफैमा भ्रामक रहेको मनकामनाको भनाइ छ । ‘त्यो बेला अनुसार नक्सा सही छ। समाचार लेख्नेले कम्पनीको नयाँ ब्रोसर नहेरेको रहेछ। नयाँ ब्रोसरमा नेपालको नक्शा नै छैन’ कम्पनीका एक अधिकारीले भने ।
गोरखाको मनकामना दर्शनका लागि मनकामना केबलकारले स्तरीय सेवा दिँदै आएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ साउन २०७९, १७ : ४७
लेखकबाट थप