पूर्व अर्थमन्त्री शर्मालाई बुधबार बयानका लागि बोलाइयो

सफल खबर संवाददाता

मंगलबार, ०३ साउन २०७९, १६ : ५०
पूर्व अर्थमन्त्री शर्मालाई बुधबार बयानका लागि बोलाइयो

काठमाडाैँ  । बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयलमा अनाधिकृत व्यक्तिको घुसपैठ र सीसीटीभी फुटेज प्रकरणमा छानबिन गर्न गठित संसदीय विशेष समितिको मंगलबारको बैठक सकिएको छ।सीसीटीभी फुटेज गायब भएपछि छानबिनका लागि विशेष संसदीय छानबिन समिति गठन गरिएको थियो। 

मंगलबार बसेको समितिको बैठकले पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई बयानका लागि बुधबार बोलाउने निर्णय गरेको छ। त्यसैगरि सीसीटीभीको हार्डडिस्क नेपाल प्रहरीको फरेन्सिक ल्याबमा पठाउने निर्णय गरेको छानबिन समितिले जनाएको छ।

समितिकी सदस्यसमेत रहेकी नेकपा एमालेकी सांसद बिमला बिकले पूर्व अर्थमन्त्री शर्मालाई भोलिका लागि बयानका लागि बोलाइएको नेपाल लाइभलाई जानकारी दिइन्। मंगलबारको बैठकमा विज्ञहरुले हार्डडिस्क रिकभरका गर्न सकिने सुझाव दिएकोसमेत उनले जानकारी दिइन्।

प्रतिक्रिया दिनुहोस