काठमाडाैँ । पूर्व मन्त्रीसमेत रहेका दिलनाथ गिरीसहितका चारजना नेताले राप्रपा परित्याग गरेका छन्। नेताहरु दिलनाथ गिरी, श्याम तिमल्सिना, केशवराज श्रेष्ठ र दिलविकास राजभण्डारीले राप्रपा परित्यागको घोषणा गरेका हुन्।
मंगलबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै राप्रपामा आन्तरिक प्रजातन्त्रको चिरहरण भएको, सर्वसत्तावाद र अहंकार मौलाको, विधी विधानको धज्जी उडिरहेको अवस्थामा अपमानित र निरीह भएर पार्टी भित्र बस्न सक्ने अवस्था नबनेको भन्दै पार्टी परित्याग गरेको उल्लेख गरेका छन्।
मुलुकमा एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकता अहिले झन् बढेर गएको भन्दै उनीहरुले यस अभियानमा निरन्तर कृयाशिल रहने प्रतिवद्धता जनाएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ साउन २०७९, १५ : ३५
लेखकबाट थप