वाणिज्य बैंकहरुको सीडी रेसियो ९० प्रतिशतभन्दा तल

सफल खबर संवाददाता

मंगलबार, ०३ साउन २०७९, १४ : ५४
वाणिज्य बैंकहरुको सीडी रेसियो ९० प्रतिशतभन्दा तल

‌काठमाडाैँ  । असार ३२ गतेसम्म वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात  सीडी (रेसियो) ९० प्रतिशत भन्दा तल झारेका छन्। 

सञ्चालमा रहेका २६ वाणिज्य बैंकले आफ्नो सीडी रेसियो ९० प्रतिशतभन्दा तल कायम गर्न सफल भएका हुन्। नेपाल बैंकर संघका अनुसार असारको अन्त्यसम्म समग्र बैंकको सीडी रेसियो ८६.८१ प्रतिशत कायम भएको छ। यस अवधिसम्म सबैभन्दा कम सीडी रेसियो कुमारी बैंकको रहेको छ। यस बैंकको सीडी रेसियो असार ३२ गतेसम्म ८५.१२ प्रतिशत छ। 

यसैगरी, सबैभन्दा कम सीडी  रेसियो भएको अर्को बैंक सिटिजन्स बैंक हो। यस बैंकको सीडी रेसियो असार मसान्तसम्म ८५. २० प्रतिशत रहेको छ।

प्रतिक्रिया दिनुहोस