राप्रपाकाे केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु

सफल खबर संवाददाता

मंगलबार, ०३ साउन २०७९, १४ : ४७
राप्रपाकाे केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु

काठमाडाैँ  । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)काे केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु भएको छ पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बैठक बसिरहेको हो।

बैठकमा पार्टीका पूर्वअध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनी, वरिष्ठ नेता दिपक बोहरा, उपाध्यक्षहरू, महामन्त्रीहरू, केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरुको उपस्थिति रहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

बैठकमा ५ साउनदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकमा पेस हुने प्रतिवेदनहरू, दोस्रो चरणको आन्दोलनको मोडालिटीलगायत विविध विषयमा छलफल हुने श्रेष्ठको भनाइ छ।

प्रतिक्रिया दिनुहोस