पुटिन इरानको भ्रमणमा, राइसी र एर्दोगानसँग भेट गर्ने

सफल खबर संवाददाता

मंगलबार, ०३ साउन २०७९, १४ : ०३
पुटिन इरानको भ्रमणमा, राइसी र एर्दोगानसँग भेट गर्ने

‌काठमाडाैँ  ।रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान शिखर वार्ताका लागि आज तेहरान पुगेका छन् ।यसलाई महत्वपूर्ण भ्रमणका रुपमा लिइएको छ । तेहरानमा उनले आफ्ना इरानी समकक्षी इब्राहिम रायसी र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग सिरिया शान्ति शिखर सम्मेलनमा भाग लिनेछन् ।

युक्रेनमा भएको आक्रमणपछि राष्ट्रपति पुटिनको यो दोस्रो विदेश भ्रमण हो, जसले रुस र इरानबीच बढ्दो कूटनीतिक न्यानोपनलाई झल्काउँछ । इरान र रुस दुवैले पश्चिमी प्रतिबन्धको सामना गरिरहेका छन् ।बेलायतमा रहेका इरानी पत्रकार मेहदी अली याजदानीका अनुसार पुटिनको भ्रमणको एउटा महत्वपूर्ण एजेण्डा इरानबाट सशस्त्र ड्रोन खरिद गर्नु पनि हो ।

सायद यही कारणले सोमबार अमेरिकाले तेहरानले रुसलाई सयौं ड्रोन पठाउने तयारी गरिरहेको दाबी गरेको थियो ।
 

प्रतिक्रिया दिनुहोस