काठमाडौँ । दार्चुलामा एक युवती मृत फेला परेकी छिन्।
जिल्लाको महाकाली नगरपालिका ३ मानाकोटकी २० वर्षीया रोशनी महरा सोमबार दिउँसो मृत फेला परेकी हुन्।
जिल्ला प्रहरी कार्यालय, दार्चुलाका अनुसार सोमबार टाउको दुख्यो भनेर सुतेकी महरालाई परिवारले मृत अवस्थामा फेला पारेका थिए।
विवाहित महरा माइती घरमा सुतिरहेको अवस्थामा मृत भेटिएको प्रहरीको भनाइ छ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ साउन २०७९, ०७ : ५६
लेखकबाट थप