डिबाला रोमामा अनुबन्ध हुने पक्का

सफल खबर संवाददाता

सोमबार, ०२ साउन २०७९, २१ : ४३
डिबाला रोमामा अनुबन्ध हुने पक्का

काठमाडौं । अर्जेन्टिनी स्ट्राइकर पाउलो डिबाला इटालियन क्लब रोमामा अनुबन्ध भएका छन् ।डिबाललाई सोमबार क्लबमा अनुबन्ध गरेको ‘दी सन’ले जनाएको छ । 

इटालिन क्लब युभेन्ट्समा सम्झौता नवीकरण नगरेका डिबाला रोमामा अनुबन्ध भएका हुन् । रोमासँग डिबालाले पाँच वर्षको सम्झौता गरेका छन् । 
अर्जेन्टिनाका डिबाला २०१५ मा पालेर्मोबाट युभेन्ट्स आएका थिए । 

२८ वर्षीय डिबालाले ६ वर्ष युभेन्ट्स बिताएर रोमा गएका हुन् । उनले युभेन्ट्सका लागि २९२ खेलमा ११५ गोल गरेका छन् ।अर्जेन्टिनाका  लागि डिबालाले ३४ खेल खेलेर ३ गोल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस