काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सभापति शेरबहादुर देउवाले पार्टीमा एकताको वातावरण बनाउन नसकेको आरोप लगाएका छन्।
जारी केन्द्रीय कमिटीको बुधबारको बैठकमा पूर्वमन्त्रीसमेत रहेका केसीले ११ बुँदे असन्तुष्टिसहित सुझाव पेस गरेका छन्। देशभित्रको विविध विषयमा प्रधानमन्त्री समेत रहेका पार्टी सभापति देउवाको ध्यानाकर्षण गराएका छन्।
गत मंसिरमा सम्पन्न पार्टीको १४औँ महाधिवेशनबाट नेताहरुको व्यवस्थापन भएपनि नीति महाधिवेशन गर्न नसक्नु वा नचाहनु, केन्द्रीय विभाग गठन र भातृसंस्थाहरूको अधिवेशन गरी पार्टीलाई पूर्णता दिन नसक्नुले नेतृत्वको योग्यता पुष्टि नहुने भन्दै असन्तुष्टि जनाएका छन्। पार्टीभित्रै नेतृत्वले नेता कार्यकर्तामाथि तिरस्कार गरेको भन्दै आपत्ति जनाएका छन्।
‘पार्टीभित्रको एक पक्षलाई उपेक्षा र तिरस्कार गरेर गठबन्धनका नाममा एकपक्षीय हितको सोच र स्वार्थले आजको चुनौती सामना गर्न र मुलुक, लोकतन्त्र र कांग्रेसको समग्र हित हुन सक्दैन भन्नेबारे सचेत हुन आवश्यक छ,’ केसीले लिखित धारणा राख्दै भनेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० असार २०७९, १६ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्थमन्त्रीले प्रश्न गर्नेको फाइल खोल्ने धम्की दिनु संसदीय मर्यादामाथिको अपमान हो : अर्जुननरसिंह केसी
पूर्वप्रधान न्यायाधीशको नेतृत्वमा संविधान सुधार आयोग गठन गर्नुपर्नेमा अर्जुननरसिंह केसीको जोड
आफु दल नेता बन्न नपाउने भएपछि अर्जुन नरसिंहको अर्काे अड्को
सबैको प्राथमिकता पार्टी एकतामा केन्द्रित हुनुपर्छ : अर्जुननरसिंह केसी
कांग्रेसमा दल नेता : युवासँग नभिड्ने, सर्वसम्मत माग्ने अर्जुननरसिंहको तयारी
११ औँ महाधिवेशन ४० दिनको तयारीमा गरिएको हो, अहिले पनि गर्न सकिन्छ’ : अर्जुननरसिंह केसी