प्रधानमन्त्री देउवा र एनआरएनए प्रतिनिधिबीच भेटघाट

सफल खबर संवाददाता

बुधबार, २९ असार २०७९, १२ : ४६
प्रधानमन्त्री देउवा र एनआरएनए प्रतिनिधिबीच भेटघाट

काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवा र गैरआवासीय नेपाली संघका प्रतिनिधिबीच भेटघाट भएकाे छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री देउवाले गैरआवासीय नेपाली संघको माग पनि समेटेर सरकारले नागरिकता विधेयक अगाडि बढाएको बताए।

संविधानमा गैरआवासीय नेपाली नागरिकताको लागि भएको व्यवस्थाअनुसार नै विधेयक पारित हुनेमा उनले आश्वस्त गराए। उक्त अवसरमा संघका कार्यकारी अध्यक्ष कुल आचार्य, अध्यक्ष डा. बद्री केसी, संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो लगायतका पदाधिकारीहरूले यो विधेयक ल्याउन सरकारले चालेको सकारात्मक कदमको लागि धन्यवाद प्रकट गरे।

कार्यक्रममा संघको तर्फबाट युरोपका क्षेत्रीय संयोजक चिन्तामणि सापकोटा, युरोप क्षेत्रका युवा संयोजक रमेश काफ्ले, पूर्वआइसिसी सदस्य पशुपति भण्डारी लगायतका प्रतिनिधिहरू, गैरआवासीय नेपाली नागरिकतासम्बन्धी फोकल पर्सन सरोज दाहाल र सचिवालयका तर्फबाट अधिकृत कुनाल मिश्रा लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस