पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड सुचारु

हिरालाल आचार्य ‘डायमण्ड’

आइतबार, २० जेठ २०७५, १९ : ३०
पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड सुचारु

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको चारकिलोमा सुख्खा पहिरो खस्दा अवरुद्ध भएको सडक संचालनमा आएको छ ।  साँझ ६ बजेर ४० मिनटमा सडक सुचारु गरिएको जिल्ला ट्राफिक कार्यालय चितवनले जानकारी दिएको छ ।  

आज दिउँसो ३ बजे ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित चारकिलोमा पहिरो खसेको  थियो । पहिरोले यातायात अवरुद्ध भएपछि चारकिलो र आसपासका क्षेत्रमा सयौँको संख्यामा यात्रुहरु अलपत्र परेका थिए ।
यहाँ अहिले सडक पुनःनिर्माणको क्रममा रहेकाले विभिन्न क्षेत्रमा पहिरो खसेर जोखिम बढाएको छ ।

 

प्रतिक्रिया दिनुहोस