काठमाडौँ । प्रतिनिधिसभा उपसभामुखको निर्वाचन तयारी भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बुधबार उपसभामुख निर्वाचनको दिन र समय तोक्न लागेका छन् ।
प्रतिनिधिसभाको बुधबारको दैनिक कार्यसूचीमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ८ बमोजिम प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचनको लागि दिन र समय तोक्नुहुनेु उल्लेख छ । प्रतिनिधिसभाको ११ बजे बस्ने बैठकमा सभामुख सापकोटाले उपसभामुख चयन प्रक्रियाको घोषणा गर्नेछन् ।
संसद् सचिवालय स्रोतका अनुसार उपसभामुखको निर्वाचन शुक्रबार गर्ने तयारी भइरहेको छ । संसद् सचिवालयले शुक्रबारका लागि उपसभामुखको निर्वाचन गर्ने तयारी भइरहेको अधिकारीहरूको भनाइ छ ।
प्रतिनिधिसभा उपसभामुख पद २०७६ माघदेखि रिक्त छ । जसका कारण संवैधानिक परिषद्को बैठकदेखि प्रतिनिधिसभाका कामकारबाही प्रभावित भएका छन् । सांसदहरूले पटक-पटक उपसभामुख निर्वाचन प्रक्रिया सुरु गर्नुपर्ने माग गर्दा पनि सभामुख सापकोटाले निर्वाचन प्रक्रिया सुरु गरेका थिएनन् ।
सरकारले संवैधानिक परिषद्सँग सम्बन्धित ऐनमा परिवर्तन गर्न विधेयक ल्याएपछि भने उपसभामुख निर्वाचन प्रक्रिया सुरु हुन लागेको हो । प्रधानन्यायाधीश, संवैधानिक निकायका प्रमुख र पदाधिकारी नियुक्तिको बाटो खोल्न सरकारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको अध्यादेशसँगै मेल खाने गरी संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन प्रक्रिया अघि बढाएको थियो । सरकारले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई संशोधन गरेर संविधानको व्यवस्थासँग बाझिने गरी कानुनी व्यवस्था गर्न खोजेको भन्दै आलोचना भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ असार २०७९, ११ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा नियमावलीको मस्यौदा तयार (पूर्णपाठ)
प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
प्रतिनिधिसभाको पहिलो बैठकमा शीर्ष नेताहरूले सम्बोधन गर्ने
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज
प्रतिनिधिसभा निर्वाचन १६ दिन बाँकी : बैंकमा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै
प्रतिनिधिसभा निर्वाचन ३९ दिन बाँकी