कैलाली । कैलालीमा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् ।
गौरीगङ्गा नगरपालिका–९ शङ्करपुरमा गए राति सु।प।प्र। ०१–००९ प ७८९१ र से ७ प ११४७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा से ७ प ११४७ नम्बरको मोटरसाइकलका चालक रामअवतार कठरियाको मृत्यु भएको हो ।
उनको उपचारको क्रममा घोडाघोडी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । सोही मोटरसाइकलमा सवार कैलारी गाउँपालिका–८ का २० वर्षीय आशिष कठरियाको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।
दुर्घटनामा सुपप्र ०१–००९ प ७८९१ नम्बर मोटरसाइकलका चालक गौरीगङ्गा–९ शङ्करपुरका २७ वर्षीय रमेश चौधरी पनि घाइते भएका छन् । चौधरीको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जनकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ असार २०७९, १० : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पानीको खाल्डोमा डुबेर बालिकाको मृत्यु
खोलामा डुबेर दाजुभाइको मृत्यु
वीरगन्जमा पौडी खेल्ने क्रममा डुबेर २ दाजुभाईको मृत्यु
टेक्सास गोलीकाण्डमा तीन भुटानी शरणार्थीको मृत्यु
पाँचथरमा एकै वर्षमा लडेर २५ जनाको मृत्यु
करेन्ट लागेर २४ वर्षीय युवकको मृत्यु