काठमाडौं । विश्व क्रिकेटको नियामक निकाय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले आयोजना गर्न लागेको नेपालटी २० लिगलाई आधिकारिक मान्यता दिएको छ । प्रशान्त विक्रम शाहले एक विज्ञप्ति जारी गर्दै नेपालटी२० देशकै पहिलो र एक्लो आधिकारिक टी २० क्रिकेट लिएको जानकारी दिएका हुन् ।
विज्ञप्तिमा सो प्रतियोगिताको पहिलो संस्करण आगामी २४ सेप्टेम्बरदेखि २२ अक्टोबरमा काठमाडौँमा हुने पनि जानकारी दिइएको छ । नेपालटी २० लाई क्यानले आफ्नो स्वप्न परियोजनाको संज्ञा दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ असार २०७९, १९ : ३३
लेखकबाट थप