काठमाडाैँ । इरानका चर्चित फिल्म निर्देशक जफर पनाहीलाई इरान सरकारले पक्राउ गरेको छ । उनले दुई जना छायांकारको पक्राउको विरोधमा हस्ताक्षर गरेपछि उनलाई सरकारले नियन्त्रणमा लिएको हो ।
सरकारले गरेको भ्रष्टाचार तथा बेथितिको विरुद्धमा आवाज उठाएपछि दुई छायांकार पक्राउ परेका थिए । उनीहरू पक्राउ परेपछि पनाहीसँगै तीन सय फिल्मकर्मीले उनीहरूको रिहाइको माग गर्दै हस्ताक्षर अभियान चलाएका थिए । यही कसुरमा सरकारले पनाहीलाई पक्राउ गरेको हो ।
सरकारको सदा विरोधी रही आएका पनाहीलाई इरान सरकारले पहिले नै देशबाहिर जान पनि निषेध गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ असार २०७९, १६ : ३३
लेखकबाट थप