रोड्री थप तीन वर्ष सिटीमै रहने

सफल खबर संवाददाता

मंगलबार, २८ असार २०७९, १६ : ३०
रोड्री थप तीन वर्ष सिटीमै रहने

काठमाडाैँ । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका स्पेनिस डिफेन्डर रोड्रीले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।सिटीले मंगलबार डिफेन्डर रोड्रीले थप तीन वर्षका लागि सम्झौता नवीकरण  गरेको जनाएको हो । सम्झौता नवीकरणसँगै उनी २०२७ सम्म क्लबमै रहने छन् ।

रोड्री २०१९ मा स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट इतिहाद स्टेडियम भित्रिएका थिए । उनले सिटीका लागि १०२ प्रिमियर लिग खेलमा १२ तथा स्पेनका लागि ३१ खेलमा एक गोल गरेका छन् । 

प्रतिक्रिया दिनुहोस