काठमाडाैँ । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पूर्वखेलाडी विंगर नानी अस्ट्रेलियन क्लब मेलबर्न भिक्टोरीमा अनुबन्धित भएका छन् ।अस्ट्रेलियन ‘ए’ लिग क्लब मेलबर्नले मंगलबार पोचुगिज विंगर नानीलाई एक वर्षका लागि अनुबन्ध गरिएको जनाएको हो ।
च्याम्पियन्स लिग विजेता नानीले पछिल्लो सिजन इटालियन सिरी ‘बी’ क्लब भेनेजियाबाट खेलेका थिए ।२००७ देखि २०१५ ओल्ड ट्राफोर्डमा बिताएका नानीले क्लबका लागि १४७ खेल २५ गोल गरेका थिए ।पोर्चुगलका लागि उनले ११२ खेलमा २४ गोल गरेका छन् । नानीले स्पोर्टिङ सिपी, भ्यालेन्सिया, लाजियो लगायतका क्लबाट व्यावसायिक फुटबल खेलिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ असार २०७९, १५ : ४४
लेखकबाट थप