डोल्पाको सदरमुकाम दुनैका २४ परिवार विस्थापित

सफल खबर संवाददाता

मंगलबार, २८ असार २०७९, १२ : २४
डोल्पाको सदरमुकाम दुनैका २४ परिवार विस्थापित

काठमाडाैँ । ठूलीभेरी नगरपाालिका–३ डोल्पाका २४ घरधुरी बाढीका कारण विस्थापित भएका छन् । सरमुकाम दुनैस्थित शान्तिटोलमा बाढीपहिराले २४ परिवारलाई  विस्थापित गराएको हो । ठूलीभेरी नगरपालिका–३ शान्तिटोलमा अचानक आएको बाढी र पहिरोले   नन्नाकुमारी विकको एकतले कच्ची घर पूर्णरूपमा क्षति पु¥याएको छ भने धनबहादुर घर्ती, झुमा विक, उर्मिला विश्वकर्मा, मोतीलाल  रोकाया,  मानबहादुर  रोकायाको  घर र खेतबारी बगाएको छ ।

यस्तै कर्णबहादुर रोकाया, मायादेवी बुढा, हस्त विक, पदम रोकाय, तिउली विकको घर र खेतबारी पनि बगेको प्रहरी नायब उपरीक्षक निरञ्जन थापाले जानकारी दिए । उनका अनुसार ती सबैको घरखेत, अन्नपानी, लत्ताकपडा, सुनचाँदीसमेत गरी झण्डै रु एक करोड ५० लाख बराबरको क्षति भएको छ । 

सोमवारको प्रतिनिधिसभा बैठकमा सांसद सत्य पहाडीले दुनैमा बाढीका कारण भएको क्षतिको बारेमा जानकारी गराएकी थिइन् । भेरी नदीको कटानका कारण दुनै बजार जोखिममा पर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस